बजेट अधिवेशन (लाइभ)


काठमाडौं : संघीय संसद्को बजेट अधिवेशन सुरू भएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो सुरू भएको हो। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरू भएको हो। अधिवेशनको प्रारम्भमा सदनमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सम्भावित कार्यसूची छ। 

बैठकमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट आएको पत्र पढेर सुनाइने,बैठक अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ। यसैगरि शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०' पेश गर्ने र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको 'विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्'भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा  प्रस्तुत हुनेछ। सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम जेठ १ गते संघीय संसदमा प्रस्तुत गर्ने भएको छ।

बजेट अधिवेशनमा करिब ४० विधेयकहरूलाई कानुनको रुप दिने सरकारको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.