गृहमन्त्रीविरुद्ध छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसदमा कांग्रेसको नाराबाजी
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नाराबाजी गरेको छ। सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार सदन बैठक अगाडि बढाउन थालेपछि कांग्रेसले नाराबाजी गरेको हो।
कांग्रेसले सहकारी हिनामिनाका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित नाराबाजी गरेका हुन्। त्यसअघि कांग्रेसका महामन्त्रीसमेत रहेका गगनकुमार थापाले संसदीय कामकारबाहीमा कांग्रेसको साथ नरहने घोषणा गरेका थिए।