एमाले जिल्ला कमिटी रामेछापमा युवा नेतृत्व चयन, को-को भए निर्वाचित ?

एमाले जिल्ला कमिटी रामेछापमा युवा नेतृत्व चयन, को-को भए निर्वाचित ?

काठमाडौं : नेकपा एमाले रामेछापले पुरुषोत्तम कडरियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। पार्टीको नवौँ जिल्ला अधिवेशनबाट एमाले जिल्ला कमिटीको अध्यक्षमा कडरिया र सचिवमा प्रकाशकुमार कार्की सर्वसम्मत निर्वाचित भएका हुन्।

उम्मेदवार बन्न दलहरुभित्र रस्साकस्सी चलिरहेका बेला नेताहरुले सर्वसम्मत गराउन पहल गरेपछि अध्यक्ष र सचिव सर्वसम्मत बनेका हुन्। यस अगाडि कडेरिया एमाले रामेछापको सचिव र कार्की उपसचिव थिए। उनीहरु दुवै जना अनेरास्ववियु हुँदै पार्टी राजनीतिमा सक्रिय बनेका हुन्। 

विधान अनुसार अध्यक्ष, उपाध्यक्ष र सचिव १/१ जना र उपसचिव खुल्ला र समावेशी गरी २ रहने प्रावधान छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष र उपसचिव (२) मा र सदस्यमा निर्वाचन भएको थियो। सुनापति र दोरम्बा गाउँपालिकाको भूगोलबाट आउने सबै सदस्य र अन्य अधिकांश सदस्य सर्वसम्मत निर्वाचित भएका थिए।

कमिटीको उपाध्यक्षमा होतराज ढकाल ३१० मत ल्याएर  निर्वाचित भएका छन्। शुक्रबार विद्युतीय उपकरणबाट भएको मतदानमा उनका निकटतम् प्रतिद्वन्द्वी ध्रुवकुमार कार्कीले २८७ मत प्राप्त गरे। त्यस्तै रमेश कुमार वाग्लेले ४७ र ज्ञानबहादुर खड्काले ३१ मत पाए।

खुल्ला उपसचिवमा मिलनकुमार घिसिङ ५०९ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी  दिनेश सुवेदीले ११८ मत र राजेन्द्र कुमार कार्कीले ४८ मत पाए। 

महिला उपसचिवमा मखमली श्रेष्ठ ४४० मत प्राप्त गरी निर्वाचित भइन्। उनका निकटतम् प्रतिस्पर्धी प्रतिद्वन्द्वी अनिता तामाङ राईले ८०, कमला शर्मा क्षेत्री ७८ र मञ्जुमाया कार्कीले ७७ मत ल्याइन्। 
 

यो पनि पढ्नुहोस

यसैगरी रामप्रसाद देवकोटाको अध्यक्षतामा लेखा कमिटी सर्वसम्मत चयन भएको छ। कमिटीको उपाध्यक्षमा तेजबहादुर बोहरा र सचिवमा तिलक कार्की सर्वसम्मत भएका हुन्। नेकपा एमाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार  कुल ७ सय प्रतिनिधि रहेको मतदान प्रक्रियामा ६७५ मत खसेको थियो। एमाले उपाध्यक्ष विष्णु पौडेलले बुधबार अधिवेशनको उद्घाटन गरेका थिए।

हेर्नुहोस् को-को भए निर्वाचित ?

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.