पदाधिकारी बैठक

रवि लामिछाने जिबी राईसँग मिलेर सहकारी ठगीमा संलग्न हुनुहुन्थ्यो : गगन थापा

रवि लामिछाने जिबी राईसँग मिलेर सहकारी ठगीमा संलग्न हुनुहुन्थ्यो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसले सरकार संसद् पनि चल्न नदिने र छानबिन समिति पनि नबनाउने निष्कर्ष पुगेको बताएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा महामन्त्री गगन थापाले सरकारको रबैयाप्रति कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि छलफल भएको बताएका हुन्।

उनले प्रधानमन्त्रीले तत्काल गम्भीर भएर सहकारीका बचत रकम फिर्ता गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे। उनले मुठभेटबाट क्षति सरकारलाई नै हुने उल्लेख गरे। उनले बचतकर्ता रकम फिर्ताको प्रतिक्षामा रहेकाले धैर्यताको बाँध फुट्दा अप्रिय घटना घट्ने चेतावनी दिए।

थापाले चटके कुरा गर्न छाड्न र खेलाची नगर्न आग्रह गरे। उनले भने, ‘जीबी राईसँग मिलेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले थुप्रै सहकारीको गोरखा मिडिया नेटवर्क लगायतको संस्था प्रयोग गरेर करौडौं रकम अपचलन र ठगी गरेको भन्ने हाम्रो दाबी छ। कुनै द्विविधा छैन, तथ्य प्रमाणका कुरा निस्किएका छन्, तथ्य प्रमाण खोज्न कहि जानुपर्दैन।’ थापाले भने, ‘यो खेलाचीको विषय होइन। रवि लामिछाने जिबी राईसँग मिलेर सहकारी ठगीमा संलग्न हुनुहुन्थ्यो भनेर भएकै तथ्यले प्रमाणित हुन्छ,नयाँ कुरा ल्याउनै पर्दैन। त्यहिँ संसदीय छानबिन समितिबाट कांग्रेसले गरेका दाबीहरु आधारहीन,आग्रहपूर्ण छन्, तथ्यहीन छन् भनेर प्रमाणित गर्न लामिछानेलाई चुनौती दिन्छौं।’ 

उनले सरकारी अड्डामा गएर प्रमाण केलाउन आग्रह गरे। संसदबाट छानबिन समिति गठन गरेर संसद सुचारु गराउन उनले आग्रह गरे।

एमालेसँग मिलेर अहिले सरकार परिवर्तनको खेल छैनौं

थापाले संसदीय समिति गठनका नाममा वर्तमान सरकार परिवर्तन गर्न खोजेको भन्ने कुरा सहि नभएको बताए। उनले आफूहरु एमालेसँग मिलेर अहिले सरकार परिवर्तनको खेलमा नरहेको प्रष्ट पारे।

उनले संसदीय छानविन समितिले काम पनि गर्ने र सदन पनि सहज रुपमा चल्ने गरि अघि बढ्नुपर्नेमा स्पष्ट रहेको बताए। गृहमन्त्रीको राजीनामा माग्ने काम पनि कांग्रेसबाट नहुने उनको भनाइ छ। 

शुक्रबार संसद बैठकमा सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले बैठक अवरोध गरेको थियो। सभामुखले गृह मन्त्रालय र लामिछानेमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा बोल्न समय दिँदा वेलमा पुगेपछि कांग्रेसले रोस्टम् घेराउ गरेर बोल्न जान दिएको थिएन। कांग्रेसले शुक्रबार प्रतिनिधि र राष्ट्रिय सभा दुबैतिर बैठक अवरोध गरेको थियो। 

कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा समावेश बुँदा हटाएर जेठ १ गतेसम्म संसद् बैठक स्थगित गरेका छन्। जेठ १ गते सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ। सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद‍मा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्नेछन्। नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्न संसद् आउने भएपछि संसद बैठक अवरोध गर्न कांग्रेसलाई नैतिक संकट पर्ने देखिएको छ। सोहि विषयका सन्दर्भमा पनि छलफल गर्न कांग्रेसले सोमबार संसदीय दलको बैठक बोलाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.