सभामुखको भूमिकाप्रति असन्तुष्ट

कांग्रेसले बोलायो संसदीय दलको बैठक, संसदमा थप सशक्त बन्‍ने

कांग्रेसले बोलायो संसदीय दलको बैठक, संसदमा थप सशक्त बन्‍ने

काठमाडौं : नेपाली कांग्रेसले सोमबार संसदीय दलको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सरकारको रबैयाप्रति कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न पर्सि संसदीय दलको बैठक बोलाएको महामन्त्री गगन थापाले जानकारी दिए।

उनले सोमबार १ बजे दिउँसो बैठकमा संसद्मा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेर निर्णय गर्ने निष्कर्षमा पुगेको बताए।  उनले भने,‘सरकार संसद् पनि चल्न नदिने र छानबिन समिति पनि नबनाउने निष्कर्षमा सरकार पुगेको कांग्रेसको ठहर छ। आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने त्यहि दिन संसदीय दलको बैठकबाट थप छलफल हुन्छ। र कसरी अगाडि बढ्ने निर्णय हुन्छ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाएको छ। थापाले सभामुखले संसदको अवरोध अन्त्य गर्नको लागि संवेदनशिल नदेखाएको भन्दै सभामुखको भूमिका प्रति पार्टीले असन्तुष्टी जनाएको बताए। थापाले सरकारको रवैयामा सभामुखले पनि गतिरोध अन्त्य गर्न कुनै पहल नगरेको पार्टीको ठहर रहेको बताए। सदनमा गृहमन्त्रीको जवाफ सुन्नका लागी आफुहरु तयार रहेपनि सभामुखले जवरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपरेको उनको भनाई छ।

शुक्रबार संसद बैठकमा सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले  प्रतिनिधि र राष्ट्रिय सभाका बैठक अवरोध गरेको थियो। सभामुखले गृह मन्त्रालय र लामिछानेमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा बोल्न समय दिँदा वेलमा पुगेपछि कांग्रेसले रोस्टम् घेराउ गरेर बोल्न जान दिएको थिएन। 

कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा समावेश बुँदा हटाएर जेठ १ गतेसम्म संसद् बैठक स्थगित गरेका छन्। जेठ १ गते सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ। सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद‍मा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्नेछन्। नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्न संसद् आउने भएपछि संसद बैठक अवरोध गर्न कांग्रेसलाई नैतिक संकट पर्ने देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.