स्वास्थ्य र शिक्षामा तीनै तहका सरकार गम्भीर : मन्त्री यादव

स्वास्थ्य र शिक्षामा तीनै तहका सरकार गम्भीर : मन्त्री यादव
सुन्नुहोस्

महोत्तरी : जलेश्वरस्थित प्रादेशिक अस्पतालमा रहेको ब्लड बैंकको उद्‍घाटन तथा प्रशासकीय भवनको शिलान्यास सम्पन्न भएको छ। शनिबार अस्पताल परिसरमा आयोजित एक समारोहकाबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ब्लड बैंकको उद्‍घाटन र प्रशासकीय भवनको शिलान्यास गरेका हुन्।

जनताले सरकारबाट पाउने सेवा सुविधामध्ये महत्वपूर्ण मानिएको स्वास्थ्य र शिक्षातर्फ तीनै तहका सरकारले नागरिकस्तरमा प्रत्यक्षरूपमा पुर्‍याउनका लागि सक्रिय रहेको मन्त्री यादवले बताए। जसको उदाहरणको रूपमा मधेस प्रदेशको जनकपुरमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वास्थ्य प्रतिष्ठान संरचनाको निर्माण गरिनु संघीयताकै देन भएको उनको दाबी छ। 

उनले संघीय सरकार र मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासमा हरसम्भव प्रयासरत गरिरहेको बताए। नेपालजस्तो मुलुकमा संघीयता संस्थागत नभएसम्म हरेक जनस्तरमा यी सुविधा सहज अनि सरलरूपमा पुग्नमा निश्चितरूपमा केही न केही समस्या रहने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.