कामीरिता शेर्पाले तोडे आफ्नै रेकर्ड : २९ औं पटक पुगे सगरमाथाको चुचुरोमा

कामीरिता शेर्पाले तोडे आफ्नै रेकर्ड : २९ औं पटक पुगे सगरमाथाको चुचुरोमा
फाइल तस्बिर।

ओखलढुंगा :  विश्वप्रख्यात हिमाल आरोही कामीरिता शेर्पाले आफ्नै २८ औं किर्तिमान भंग गरेका छन् । आइतबार २९ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै किर्तिमान भंग गरेका हुन् । आइतबार बिहान ७:२५ बजे उनी सगरमाथाको चुचुरोमा पुगेका थिए ।

पर्यटन विभागका अनुसार, उनी विदेशी भीभीआईहरूको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रुपमा सगरमाथा आरोहण गर्न गएका थिए । सेभेन समिट र फोर्टिन पिक्स एक्सपिडसन गरी दुईवटा कम्पनीका सदस्यहरूलाई सगरमाथा आरोहण गराउने कामीरिताको जिम्मेवारी रहेको बताइएको छ ।

५४ वर्षीय कामीरिता सोलुखुम्बुको थामेमा जन्मेका हुन् । उनले गत वर्षको वसन्त याममा आफ्नो २७ औं पटकको रेकर्ड ब्रेक गर्दै २८ औं पटक सगरमाथा चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्ति रेकर्ड बनाएका थिए । 

कामीरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुको पाङ्बोचेका ४७ वर्षीया पासाङ दावा (पादावा) शेर्पा छन् । गत वर्षको वसन्तमा पादावाले गरेको सगरमाथा आरोहण २७ औं पटक थियो । उनले गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामीरिताकै हाराहारीमा सगरमाथा आरोहणको किर्तिमानी बनाएपछि कामीरिताले पनि एक साता नबित्दै एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर २८ औं पटकको रेकर्ड बनाएका थिए ।

कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए भने पासाङ दावाले २०५५ सालमा सगरमाथा आरोहण गरेका थिए । २१ औं पटकको रेकर्ड कामीरिताले ०७४ जेठमा बनाए । त्यसयता उनी सगरमाथामा सर्वाधिक आरोहणको आफ्नै रेकर्ड बनाउँदै ब्रेक गर्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.