नीति तथा कार्यक्रमको तयारीबारे छलफल गर्न सभामुखले बोलाए बैठक

नीति तथा कार्यक्रमको तयारीबारे छलफल गर्न सभामुखले बोलाए बैठक
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन्। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र प्रमुख दलका मुख्य सचेतक, सचेतकलाई छलफलमा बोलाएका हुन्।

उनका अनुसार आजको बैठकमा नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल हुनेछ। सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याउँदैछ। सरकारले ल्याउने नीति तथा कार्यक्रम संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्नेछन्। नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्न संसद् आउने भएपछि संसद बैठक अवरोध गर्न कांग्रेसलाई नैतिक संकट पर्ने देखिएको छ।

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउन राष्ट्रपतिलाई आह्वान गरेको छ। मंगलबार ३ बजे नीति तथा कार्यक्रम ल्याउने भएका संसदको गतिरोध अन्त्य र तयारीको विषयमा आजको बैठकमा छलफल हुनेछ। 

कांग्रेसले शु्क्रबार सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध पारेको थियो। कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले छलफल अगाडि बढाएका हुन्।

हिउँदे अधिवेशनअन्त्यतिरबाट विरोध सुरु गरेको कांग्रेसले बजेट अधिवेशनको पहिलो दिन पनि अवरोध गरेको हो।  कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा समावेश बुँदा हटाएर जेठ १ गतेसम्म संसद् बैठक स्थगित गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.