अफगानिस्तानमा बाढी, ३ सयभन्दा धेरै मानिसको मृत्यु
काबुल : अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट ३ सयभन्दा धेरै मानिसको मृत्यु भएको छ। विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले शनिबार बाढीले ३ सय बढी मानिसको ज्यान गएको जनाएको हो।
अफगानिस्तानमा राष्ट्रसङ्घीय एजेन्सी डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भने, 'हालसम्म प्राप्त जानकारीअनुसार बघलान प्रान्तमा ३ सय ११ जनाको मृत्यु भएको छ। बाढीले दुई हजार ११ घर नष्ट भएका छन् भने दुई हजार आठ सय घर क्षतिग्रस्त भएका छन् ।'