भिटामिनको नाममा आर्थिक शोषण

इजलास

भिटामिनको नाममा आर्थिक शोषण
सुन्नुहोस्

स्वस्थ्य रहनु जीवनका हरेक आयामहरूको निम्ति अपरिहार्य हुन्छ। त्यसका लागि उपयुक्त पोषण चाहिन्छ । दैनन्दिनी शारीरिक कार्य सम्पादन एवं ऊर्जाको निम्ति आवश्यक पर्ने ग्लुकोजको स्रोत कार्बोहाइड्रेट हो। मांसपेशीको विकास, आन्तरिक क्रियाहरू सम्पादन हुन आवश्यक विभिन्न रसायन, हर्माेन, रोगविरुद्ध लड्ने क्षमताको विकास आदिका लागि प्रोटिन चाहिन्छ। सबै खाले आन्तरिक क्रियाकलापहरूको निम्ति आवश्यक पर्ने भिटामिन एवं लवणहरू पनि उत्तिकै महत्वका हुन्छन्। यी पदार्थहरूको अभावमा विभिन्न खाले रोगहरू सिर्जना हुन्छन्। 

कुनै खास प्रकारको भिटामिनको अभावका कारण रोग लागेको छ या त्यसको उपचार सीधै नशा या मुखबाट मात्रै सम्भव छ भने सुई, चक्की या झोलको रूपमा भिटामिनहरू प्रेसक्राइव गरिन्छ। अझै ठोकुवा गरेर भन्नुपर्दा ९९ प्रतिशत केसहरूमा भिटामिनको आवश्यकता नै पर्दैन।

अत्यन्तै थोरैमात्रामा भिटामिन आवश्यक पर्ने भएकाले माइक्रोन्युट्रिएन्टको संज्ञा दिने गरिन्छ। भिटामिनहरू दुई प्रकारका हुन्छन्। दैनिक रूपमा आवश्यक नपर्ने भिटामिनको अंश पिसावको माध्यमबाट बगेर जान्छ। पानीमा घुलनशील भिटामिनहरू जस्तो बी, सी (भिटामिन बी १२ बाहेक जुन दूध, मासु, अण्डाहरूमा पाइन्छ)हरू फलफूल सागसब्जीमा पाइन्छन्।

अर्कोथरी बोसोमा घुलनशील भिटामिन हुन्छन्। जस्तो ए, डी, ई र केचाहिँ कलेजो, हड्डीमा जम्मा भएर बसेका हुन्छन्। कुनै लवणहरू भने रगतको प्रोटिनमा पनि रहेका हुन्छन्। अत्यधिक सेवनबाट अनेक रोगहरू पनि लाग्न सक्छन्। कठिन श्रम गर्नेहरू बाहेकका व्यक्तिलाई दैनिक सन्तुलित खानेकुरा नै पोषणका निम्ति पर्याप्त छन्। 

बिरामीहरू डाक्टरसँग भिटामिनको माग गर्छन्। रोग छिटो निको हुने र चाँडै तन्दुरुस्त भइएला भन्ने चाहना बिरामीको हुन्छ। बिरामीको यही मनोविज्ञान बुझेका व्यापारिहरू आकर्षक रूपमा भिटामिनका बोतलको प्याकेजिङ गर्छन्। वास्तवमा बोतलबन्द वा ट्याब्लेटमा पाइने भिटामिन आवश्यक नै पर्दैन। 

अधिकांश बिरामीले महँगोमा बोतलयुक्त भिटामिन सेवन गर्नु पर्दैन। वास्तवमा दिनहुँ खाइने प्राकृतिक खानामा नै शरीरलाई चाहिने भिटामिन हुन्छन्। प्रोटिनपूरक भन्दै आवश्यक नै नपर्ने महँगा पाउडर चक्कीहरू बजारमा उपलब्ध छन्। बिक्रीका लागि राखिएका भिटामिनको गुणस्तरीयताको अनुगमन प्रभावकारी हुन सकेको छैन। भिटामिनकै कमीले भएका रोगहरूमा बाहेक अन्य अवस्थामा भिटामिन खरिद गर्नु आवश्यक छैन। गुणस्तरहीन भिटामिनको सेवनले शरीरलाई फाइदा हुँदैन। नोक्सानी हुन्छ। कोहि पनि आकर्षक प्याकेजिंग भिटामिनप्रति लोभिनु हुँदैन। यसबारे नियमन र जनचेतना आवश्यक छ। 

(प्रा.डा पौडेल, नेपाल मेडिकल काउन्सिलका पूर्वसदस्य हुन् )


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.