वीरगन्जमा दाइजोरहित विवाह गर्ने दुई दम्पति विवाहस्थलमै सम्मानित

वीरगन्जमा दाइजोरहित विवाह गर्ने दुई दम्पति विवाहस्थलमै सम्मानित
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा दाइजोरहित विवाह गरेका दुई दम्पतिलाई विवाहस्थलमै सम्मानित गरिएको छ। 

वीरगन्ज–८ पानीट्याङ्कीस्थित डायमण्ड पार्टी प्यालेशमा शनिबार राति भइरहेको विवाहस्थलमै पुगेर बालविवाह एवम् दाइजो उन्मूलन अभियानले नवविवाहित दुई दम्पतिलाई सम्मानित गरेको हो।

बेहुला औरेन्जब अहमद र बेहुली निकात खातुन तथा बेहुला जावेद अहमद र बेहुली साहिन आरालाई अभियानका तर्फबाट मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गदी,अभियान पर्सा संयोजक प्रकाश थारुसहितकाले सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन्।

पर्साको धोबिनी गाउँपालिका-५ का औरेन्जेब अहमद र बाराको परवानीपुर गाउँपालिका-३ की निकात खातुन तथा औरेन्जेबका आफ्नै सहोदर भाइ जावेद र पर्साको कालिकामाई गाउँपालिका-१ की साहिन आराको शनिबार राती एउटै विवाहस्थलमा विवाह भएको थियो। 

दुवै दम्पतिले दाइजोरहित विवाह गरी समाजमा सकरात्मक सन्देश दिएकाले दुवै दम्पतिलाई सम्मानित गरिएको अभियानका संयोजक थारुले बताए। बालविवाह एवम् दाइजो उन्मूलन अभियानले दाइजोविरुद्ध चलाइरहेको देशव्यापी अभियान अन्तर्गत दाइजोरहित विवाह गर्दै आएका नवविवाहित दम्पतिहरुलाई सम्मानित गरेर दाइजोरहित विवाह गर्नका लागि युवायुवती र तिनका अभिभावकलाई उत्प्रेरित गर्दै आएको अभियानमा सक्रिय गुड्डीकुमारी साहले बताइन्। 

दुबै बेहुलाका दाजु तबरेज अहमदले दाइजोकै कारण आफ्नो विवाहिता बहिनीको कीहि वर्षअघि निमर्म हत्या भएपछि दाइजोले दिएको पीडाको भुक्तभोगी आफ्नो परिवार रहेको बताए। त्यही पीडा सम्झेर दुबै भाइको दाइजोरहित विवाह गरिदिएको उनले बताए।

मधेसी समाजमा अहिले पनि दाइजोका कारण थुप्रै चेलीबेटीहरुले प्रताडना सहनु परेको , कतिपय चेलीबेटीले ज्यान नै गुमाउनु परेका घटनाहरु भइरहेकाले दाइजोमुक्त समाज निर्माणका लागिप नि दुवै भाइको बिहेमा दाइजोको रुपमा नगद वा जिन्सी केहि पनि नलिएको तबरेजले बताए। 

नवदम्पतिहरुलाई सम्मानित गर्ने क्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदी,नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका सभापति फुलमहम्मद मियाँ, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे लगायतकोपनि उपस्थिति रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.