कांग्रेसको माग गैरसंसदीय छ : कानुनमन्त्री गिरी

कांग्रेसको माग गैरसंसदीय छ : कानुनमन्त्री गिरी
सुन्नुहोस्

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग गैरसंसदीय भएको बताएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सांसदसँग सहकारीको हिसाब किताब गराउनु उपयुक्त नभएको बताए।

'संसदीय समिति बनाएर सांसदहरूलाई सहकारीका सबै हिसाबकिताब हेर्न लगाउनु उपयुक्त छैन। कांग्रेसको यो गैरसंसदीय माग हो,' उनले भने। उनले निर्वाचित सांसदलाई  संसदमा बोल्न नदिने र र रोस्टम जानबाट रोक्ने कार्य अलोकतान्त्रिक रहेको बताए। 'जननिर्वाचित सांसदले संसदमा आफ्नो कुरा त राख्न पाउनुपर्छ। अनि बोल्न नदिने, रोस्टम जानबाट घेर्ने कार्य अलोकतान्त्रिक छ। कांग्रेस यस विषयमा सोच्नुपर्छ,' उनले भने। 

उनले नीति तथा कार्यक्रमलाई लिएर कांग्रेससँग कुनै सौदाबाजी नहुने प्रष्ट पारे। संसदमा पेलेर जाने नीति पनि सरकारको नरहेको उनको भनाइ छ। 'हामी सहमतिकै आधारमा अगाडि बढ्नुपर्छ भनेर कांग्रेससँग समन्वय गरिरहेका छौं। पेलेर जाने सरकारको नीति छैन। कांग्रेसले नीति तथा कार्यक्रमलाई लिएर सौदाबाजी नगर्ला भन्ने हाम्रो ठम्याइ छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.