सुरक्षा गार्डको हत्या आरोपित पक्राउ

सुरक्षा गार्डको हत्या आरोपित पक्राउ
सुन्नुहोस्

राजविराज : सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडभित्र सो बैंकका सुरक्षा गार्डको हत्या गर्ने आरोपितलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सप्तकोशी नगरपालिका-२ सिद्धिपुरका ५६ वर्षीय परशुराम फुयालको हत्या आरोपमा पक्राउ परेका सप्तकोशी नगरपालिका-५ गंगाजलीका ३२ वर्षीय चन्द्र बहादुर सुबेदीलाई सार्वजनिक गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा राप्ती नगरपालिका-१ लोथर चितवनबाट शनिबार पक्राउ परेका आरोपितलाई थप अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए। मधेस प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट खटिएको तालिम प्राप्त कुकुरसहितको प्राविधिक अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय सप्तरी समेतको संयुक्त अनुसन्धान टोलीले बैकमा रहेको सीसीटिभी फुटेजको अध्ययन विष्लेषण गरी आरोपित सुबेदीलाई पक्राउ गरिएको डिएसपी नेउपाउनेले बताए। 

प्रहरीले हत्या घटनामा प्रयोग भएको खुकुरी, झोला, जुत्ता, पञ्जा, सेन्डो गञ्जी, टोपी र सल, हेक्सो ब्लेड, रेञ्ची, पिलास, डोरी, रड र वारदात स्थलमा प्रयोग गरेको काठ समेत बरामद गरेको छ। फुयालको शव बिहीबार विहान धारिलो हतियारले हत्या गरेको अवस्थामा बैंकभित्र फेला परेको थियो। बिहीबार विहान ७ बजेसम्म पनि सुरक्षा गार्डको कोठा नखुलेपछि बैंकका कर्मचारीलाई शंका लागेर ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए। शवको वरिपरि रगतको टाटा थियो। बैंकको सीसीटीभी फुटेज हेर्दा राति करिब १२ बजेपछि नकाबधारी आरोपित बैंकभित्र पसेर हत्या गरेको देखिन्छ। प्रहरीका अनुसार आरोपित सुवेदी मृतक फुयालका कान्छो ज्वाईतर्फका नातेदार (ज्वाईँ) हुन्। आरोपित सुवेदीका बुबा-आमा, श्रीमती, १ वर्षीया छोरी र ५ वर्षीय छोरा छन्।

फुयाल भने नेपाली सेनाबाट सेवा निवृत्त भएपछि विगत ८ वर्षदेखि निरन्तर सुरक्षा गार्डको रूपमा कार्यरत थिए। मृतक फुयालका १ पत्नी, २ छोरा र २ छोरी छन् । 

सशस्त्र प्रहरीमा कार्यरत आरोपित सबेदीले ०७९ मै जागिरबाट राजीनामा दिएको पाइएको छ। स्थानीयका अनुसार ऋणमा चुर्लुम्मै डुवेका सुवेदीले पैसा फिर्ता गर्न नसकेपछि कतिपयले सामाजिक सञ्जालमै उनको नाम र फोटो सार्वजनिक गर्दै कानुनी प्रक्रियामा जाने धम्की दिएका थिए। ऋण तिर्न नसकेपछि मानसिकरूपमा विक्षिप्त आरोपित घरमा बस्ने, झोक्राउने र छरछिमेकमा पनि खुलेर कुराकानी गर्न छोडेका थिए। बैंक लुटेर ऋण तिर्ने योजनामा रहेका उनको बैंक लुट्ने प्रयास भने सफल हुन सकेन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.