आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री

आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री
फाइल तस्बिर।

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतलाई मुख्यमन्त्री बन्दा एमालेका ३९ र नेकपा (माओवादी केन्द्र)का १३ जना प्रदेश सांसदले समर्थन गरेका थिए । एक जना मात्रै सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)ले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । हिक्मतले मुख्यमन्त्रीमा दाबी पेस गर्दा जसपाले साथ दिएको थिएन । 

मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबारका लागि प्रदेशसभाको पाँचौ तथा बर्खे अधिवेशन आह्वान गरेका थिए । बजेट अधिवेशनको पहिलो बैठकबाटै मुख्यमन्त्री हिक्मतले विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिनेसम्बन्धी सूचना शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । 

हिक्मत संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा एमाले र माओवादीका ५२ जना सांसदले समर्थन गरेका थिए । अहिले जसपाले पनि समर्थन गरेको छ । 

कोशीको ९३ सदस्यीय संसदमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ जना सांसद छन् । 

निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस नेता केदार कार्कीले संकल्प प्रस्तावको निर्देशनविपरीत सदनबाट विश्वासको मत लिएनन् । पदबाट राजीनामा पनि दिएनन् । त्यसपछि केदार अल्पमतमा परेको ठहर गर्दै बहुमत देखाएर हिक्मतकुमार कार्कीले गरेको दाबी बमोजिम प्रदेश प्रमुखले उनलाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.