कांग्रेस संसदीय दलको बैठक सर्‍यो, मंगलबार बिहान बस्ने

कांग्रेस संसदीय दलको बैठक सर्‍यो, मंगलबार बिहान बस्ने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सरेको छ । सरकार संसद् पनि चल्न नदिने र छानबिन समिति पनि नबनाउन उद्दत रहेको भन्दै कांग्रेसले आज दिउँसो बैठक बोलाएको थियो । आज पार्टीभित्र आन्तरिक छलफल जारी राख्ने र संसदीय दल कार्यसमिति, संसदीय दलको बैठक भोलि बिहान ८ बजेका लागि तय भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। 

उनका अनुसार मंगलबार बिहान बस्ने बैठकमा बृहत छलफल गरेर आगामी संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय हुनेछ।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले  प्रतिनिधि र राष्ट्रिय सभाका बैठक अवरोध गर्दै आएको छ। सभामुखले गृह मन्त्रालय र लामिछानेमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा बोल्न समय दिँदा वेलमा पुगेपछि कांग्रेसले रोस्टम् घेराउ गरेर बोल्न समेत दिएको थिएन।

तर महामन्त्री गगन थापाले सदनमा गृहमन्त्रीको जवाफ सुन्नका लागी आफूहरु तयार रहेपनि सभामुखले जबरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपरेको दाबी छ। कांग्रेसले सरकारको रवैयामा सभामुखले पनि गतिरोध अन्त्य गर्न कुनै पहल नगरेको ठहर गरेको छ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताभएकाले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान यथावत् राखेको छ। देशभरका सहकारीमा समस्या रहेकाले समग्र छानबिन समिति/आयोग बनाउन सकिने तर व्यक्ति केन्द्रित समिति गठनमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद कायमै हुँदा संसद्को गतिरोध अन्त्य हुन सकेको छैन। 

कांग्रेसले संसद् नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा समावेश बुँदा हटाएर जेठ १ गतेसम्म संसद् बैठक स्थगित गरेका छन्। जेठ १ गते ३ बजे सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ। सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद‍मा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्नेछन्। संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि साँझ ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्दैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.