प्रचण्ड सरकारबाट बाहिरियो जसपा

उपेन्द्र यादवले दिए राजीनामा

उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। उनले  राजीनामा बुझाइसकेको अन्नपूर्णलाई जानकारी दिए।उनीसँगै वन तथा वातावरणमन्त्री दिपक कार्कीले पनि पदबाट राजीनामा बुझाएका छन्।

जनता समाजवादी नेपाल पार्टी फुटाउन भूमिका खेलेको आरोप एमाले र माओवादीलाई लगाएपछि ' प्रचण्ड' यादवप्रति असन्तुष्ट बनेका थिए।प्रधानमन्त्रीले आइतबार नै उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन यादवलाई निर्देशन दिएका थिए।

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले विगत दुई महिनादेखि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा थिए। उनी गत फागुन २७ गते प्रधानमन्त्री प्रचण्डको सिफारिसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका थिए।

हाल जसपा नेपाल छोडेर वरिष्ठ नेता अशोक राईले ७ जना सांसद लिएर नयाँ पार्टी (जनता समाजवादी ) पार्टी गठन गरेका छन्। जसपा नेपाल नेतृत्व रहेको मधेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र पनि बाहिरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.