नीति तथा कार्यक्रम वा अरू जे भएपनि संसद् चल्न दिँदैनौं : कांग्रेस

नीति तथा कार्यक्रम वा अरू जे भएपनि संसद् चल्न दिँदैनौं : कांग्रेस
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने बताएको छ। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले पार्टीका मागप्रति सरकार उदासिन भएको भन्दै भोलि संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने संकेत गरेको हो।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले छानबिन समिति गठन नभएसम्म संसदको कुनै पनि कामकारवाही अगाडि बढ्न नदिने पार्टीको निष्कर्ष रहेको बताए।

उनले भने,'संसदीय छानबिन समिति हुनुपर्ने हाम्रो माग कायम छ। सरकारले संसदको अवरोध खुलाउने संकेत देखाएको छैन। नीति तथा कार्यक्रम वा अरू जे भएपनि  संसद अगाडि बढ्न दिदैनौं। नीति तथा कार्यक्रमका विषयमा सरकारले बुझ्ने कुरा हो।'

उनले सहकारी ठगीमा छानबिन समिति गठन हुनुपर्ने पार्टीको 'बटमलाइन' यथावत रहेको जिकिर गरे।  मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तसत  गर्ने कार्यसूची रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.