कोशीका मुख्यमन्त्री कार्कीलाई राप्रपाले विश्वासको मत नदिने, तटस्थ बस्ने
विराटनगर : कोशी प्रदेशसभाको विश्वासको मतमा राप्रपा तटस्थ बस्ने भएको छ । पार्टीको प्रदेश संसदीय दलको बैठकले तटस्थ बस्ने निर्णय लिएको हो । दलका नेता भक्तिप्रसाद सिटौलाले विश्वासको मतको पक्ष वा विपक्ष कतै पनि मत जाहेर नगर्ने बताए ।
आजको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची छ । तर, ११ बजे बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन । त्यस्तै राप्रपा दलको बैठकले प्रमुख सचेतकमा सविना बजगाईं र उपनेतामा प्रेमराज थाम्सुहालाई चयन गरेको छ ।
यसअघि अम्बरबहादुर विष्ट प्रमुख सचेतक थिए । उनी सभामुख भएपछि त्यो पद खाली थियो । यसअघि राप्रपा हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी थियो ।