सभामुखसँग ओलीले भने- संसदको गतिरोध हटाउन भोलिसम्म सत्तापक्ष निष्कर्षमा पुग्छ
काठमाडौं : सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन सम्बाद भएको छ। संसद गतिरोध अन्त्य गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो।
सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रमलाई सौहार्दपूर्ण बनाउन ओलीसँग आग्रह गरेका थिए। ओलीले गतिरोध अन्त्यका लागि भोलिसम्म सत्तापक्ष निष्कर्षमा पुग्ने आश्वासन दिएका थिए। ओलीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग यस विषयमा छलफल गरेका थिए।
त्यस्तै संसदको गतिरोध अन्त्यका लागि सोमबार सभामुख घिमिरे सक्रिय बनेका थिए। उनले यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बाद गरेका थिए।