गोरखाकी पुर्णिमा श्रेष्ठ दोस्रोपटक सगरमाथा शिखरमा
गोरखा : गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६:४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको उनले जानकारी दिइन् ।
एटके एक्सपिटिशनबाट उनले आरोहण गरेकी हुन् । यसअघि उनले सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् । त्यसपछि विश्वका आठहजार मिटरभन्दा अग्ला आठ वटै हिमाल उनले लगातार आरोहण गरिसकेकी छन् ।
मनास्लु र सगरमाथा भने दुईपटक आरोहण गरेको उनले बताइन् । यससँगै उनले विश्वका आठहजार मिटरभन्दा अग्ला हिमालको शिखरमा १० पटक पुग्न सफल भएकी छिन् ।