कांग्रेस नेता एवं पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन

कांग्रेस नेता एवं पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन
तस्विरः भवानी अधिकारी।
सुन्नुहोस्

स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाका अग्रज नेता प्रजातन्त्र सेनानी खगेन्द्रराज रेग्मीको मंगलबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ। स्याङ्जा कांग्रेसका पूर्वसभापति एवं पूर्व सांसद पनि हुन्।

झण्डै २ वर्षअघिदेखि उपचारमा रहेका रेग्मीको मंगलबार बिहान ५ बजे आफ्नै घर भीरकोट नगरपालिका ७ गेझवासमा निधन भएको हो। कांग्रेसका ३ पटक सभापति र राष्ट्रिय सभा सदस्य भएर स्याङ्जा र मुलुकका लागि योगदान पुर्याएका छन्।  

जिब्रोको क्यान्सर उपचार गराइरहेका उनी एक साताअघि घर फर्केका थिए। भरतपुर र काठमाडौंमा उपचारपछि चिकित्सकको सल्लाह र उनको ईच्छाबमोजिम घर फर्केका हुन्। 

लामो समय शिक्षण पेसामा आबद्ध रेग्मी राजनीतिमा पनि उत्तिकै क्रियाशील रहे। जसका कारण उनका हजारौं चेला छन्। लोकप्रिय नेताका रुपमा पहिचान बनाएका छन्। 

राजा महेन्द्रले बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई २०१७ पुस १ गते अपदस्थ गरेपछि रेग्मी राजनीतितर्फ आकर्षित भए। वीपीसँगै निर्वासनमा बसेर काम गरे। स्याङ्जालाई कांग्रेसमय बनाउने अभियानमा उनी निरन्तर क्रियाशील रहे। गाउँगाउँमा पुगेर संगठन बिस्तार र बलियो बनाउने अभियानमा अहोरात्र खटिने गरेको उनका सहयात्री श्रीप्रसाद घर्ती भन्छन्। 

सशस्त्र द्वन्द्वका बेला उनलाई माओवादीले गोली हानी घाइते बनाएका थिए । २०५८ माघ महिनामा उनीमाथि माओवादीले गोली हाने र घाइते बनाए। मुलुकमा प्रजातन्त्र स्थापनाका लागि होमिएकै कारण उनले पटकपटक जेल जीवन बिताएका छन्। 

उनका पिता देवीप्रसाद माता नोनाकुमारी हुन्। आमा नोनाकुमारीबाट जन्मेका १३ सन्तानमध्ये उनी तेस्रो सन्तान हुन्। उनी किसान परिवारमा वि.स. २००६ साल साउन १५ गते नागपञ्चमीका राती जन्मेका हुन्।

आफ्नो राजनीतिक एवं सामाजिक यात्रालाई समेट्दै उनले ‘मेरो जीवनयात्रा यातना पीडाको कथा’ पुस्तक सम्पादन एवं प्रकाशन गरेका छन्। अन्तिम श्रद्धाञ्जलिका लागि शव बिहान ११ बजे पार्टी कार्यालय स्याङ्जामा राखिने जिल्ला सभापति राजु थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.