हतियार लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर युक्रेन पुगेका छन् । युक्रेनले खार्किभमा रुसको ठूलो आक्रमको सामना गरिरहेको समयमा सहायता प्याकेजबाट यी हतियार आइपुगेका छन्।
युक्रेनमा विदेशमन्त्री ब्लिन्केनले राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ। ब्लिन्केनले उनीहरूलाई युक्रेनलाई अमेरिकाले सहयोग गर्ने आश्वासन दिने अमेरिकी अधिकारीहरूले जनाएका छन्।
तीन साताअघि अमेरिकाले युक्रेनका लागि संसदमा ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसदमा विवाद चलिरहेको थियो ।
अमेरिकी अधिकारीहरूले युक्रेनले एयर डिफेन्स इन्टरसेप्टर, तोप र एटीएसीएम्एस लामो दूरीको सटीक स्ट्राइक मिसाइलहरू प्राप्त गर्न थालेको जनाएका छन्। बीबीसी