संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कार्यसूची अगाडि बढ्न दिदैनौं : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले सहकारीको अर्बौं रकम हिनामिना हुँदा पनि सरकार चुप लागेर बसेको आरोप लगाएको छ। मंगलबार बसेको संसदीय दलको बैठकले सहकारीको रकम अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कार्यसूची अगाडि बढ्न नदिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
राष्ट्रपति पौडेलले आज संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। कांग्रेसले मंगलबारको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न भने दिने निर्णय गरेको छ।