हलिउड र बलिउड निर्मातालाई फिल्म छायाँकनका लागि बोलाइने
काठमाडौं : सरकारले पर्यटन प्रवर्द्धनका लागि हलिउड र बलिउडका निर्मातालाई फिल्म छायांकनका लागि नेपाल बोलाउने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धनका लागि हलिउड र बलिउडका निर्मातालाई नेपालमा छायांकनका लागि आकर्षित गरिने बताए।