ग्वार्को ओभरपास र नागढुंगा सुरुङमार्ग आगामी वर्षदेखि सञ्चालनमा ल्याइने
काठमाडौं : सरकारले ग्वार्को ओभरपास र नागढुंगा-थानकोट सुरुङमार्ग आगामी वर्षदेखि सञ्चालन ल्याउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि ग्वार्को ओभरपास र नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याइने बताए।
उनले ट्राफिकलाई व्यवस्थापन गर्न सुरुङमार्ग र ओभरपासलाई प्राथमिकता दिइने बताए।