'प्रधानमन्त्री छोरी आत्मनिर्भर' कार्यक्रम घोषणा
काठमाडौं : सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने बताए।
महिलालाई आर्थिकरूपमा सक्षम, सबल र सबल बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने उनले बताए। राष्ट्रपति पौडेलले उक्त घोषणा गर्दैगर्दा संसदमा हाँसो छुटेको थियो। उपस्थित सांसदहरू उक्त कार्यक्रम सुनेर हाँसेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं मुसुमुसु हाँसेका थिए।