शिक्षकको तलब मासिकरूपमा भुक्तानी गर्ने सरकारको घोषणा
काठमाडौं : सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरूपमा भुक्तानी गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकको पारिश्रमिक मासिकरूपमा दिने व्यवस्था गर्ने बताए।
त्यस्तै शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति र नेतृत्व विकासको तालिम दिइने बताए।