मेलम्चीको खानेपानी काठमाडौंमा १२ महिना आपूर्तिको व्यवस्था गरिने
काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा १२ महिना खानेपानी आपूर्तिको व्यवस्था मिलाउने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइ काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमश: खानेपानी आपूर्ति गरिने बताए।
उनले काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधानका लागि शिवपुरी राष्ट्रिय निकुञ्जलगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी संकलन गरी वितरण गर्ने प्रवर्द्धन मिलाइने बताए।