कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ।
मंगलबार बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रमका विषयमा राष्ट्रपतिलाई धन्यवाद मात्रै दिने कार्यसूची रहेकाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए।
तर कांग्रेस सांसदहरूले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने जनाएका थिए। कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष दाहालले जेठ तीन गतेसम्मका लागि बैठक स्थगित गरे।