अन्तर्राष्ट्रिय अदालतले रफाहमा आक्रमणसम्बन्धी विषयको सुनुवाइ गर्ने

अन्तर्राष्ट्रिय अदालतले रफाहमा आक्रमणसम्बन्धी विषयको सुनुवाइ गर्ने
सुन्नुहोस्

दक्षिण अफ्रिकाको अनुरोधमा इजराइललाई रफाहमा आक्रमण रोक्नका लागि आपत्कालीन आदेश लागू गर्न बिहीबार र शुक्रबार सुनुवाइ गर्ने संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय अदालतले जनाएको छ ।

हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले बिहीबार दक्षिण अफ्रिकाका वकिलहरूको तर्फबाट बयान सुन्ने र अर्को दिन इजराइलको प्रतिक्रिया बयान सुन्ने एक विज्ञप्तिमा बताएको छ ।

यस महिनाको सुरुमा प्रिटोरियाले रफाहमा भएको आक्रमणलाई लिएर इजराइललाई ‘तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न’ आदेश दिन आग्रह गर्दै अन्तराष्ट्रिय अदालतमा निवेदन दिएको थियो ।

 
यसले इजराइललाई गाजामा मानवीय सहायताको अवरोध हटाउन र यसको पहुँचलाई सहज बनाउन सबै प्रभावकारी उपायहरू अवलम्बन गर्ने आदेश दिन पनि अदालतलाई अनुरोध गरेको थियो ।

हालका दिनहरूमा लगभग चार लाख ५० हजार प्यालेस्टिनी र उत्तरी गाजाबाट करिब एक लाख सर्वसाधारण रफाहबाट विस्थापित भएको राष्ट्र सङ्घीय एजेन्सीले बताउनुका साथै उक्त क्षेत्रमा कुनै ठाउँ सुरक्षित नरहेको चेतावनी दिएका छन् । 

इजराइली आधिकारिक तथ्याङ्ककअनुसार इजरायलमा अक्टोबर ७ मा हमासको आक्रमण पछि सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध सुरु भएको हो । हमासको आक्रमणमा एक हजार एक सय ७० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.