संसद्को गतिरोधको विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्दै

संसद्को गतिरोधको विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्दै
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ दलहरुको बैठक आज बस्ने भएको छ। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच बालुवाटारमा संसद्को गतिरोधको विषयमा छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री प्रचण्डले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिएका हुन्।

घिमिरेलेले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षी दलसँग तत्कालै सहमति गर्न अपिल गरेपछि प्रचण्डले भोलि बस्ने संसद बैठक सहज ढंगले अगाडि बढ्ने बताए।

प्रधानमन्त्री र सभामुखबीच करिब ४५ मिनेट संसद अवरोधकै विषयमा केन्द्रित रहेर छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। उनका अनुसार सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताएका छन्। सभामुख घिमिरेले संसद सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको,केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिएका छन्। 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै मंगलबार बेलुका बसेको संसद बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले संसदीय छानबिन समिति माग गर्दै संसद अवरुद्ध पारेको हो। कांग्रेसले निरन्तर सदन अवरुद्ध पारेपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका कार्यक्रम हटाउँदै जेठ ३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए।

समिति गठन नभएसम्म अवरोध जारी राख्ने कांग्रेसको अडान छ। पछिल्लो समय गृहमन्त्री लामिछानेले आफूले संसदमा जवाफ दिन पाउनुपर्ने त्यसपश्चात छलफल गर्न सकिने बताउँदै आएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.