एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ। दिउँसो  १२:३० बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होसे हलमा बस्नेगरी दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौालाले जानकारी दिए। बैठकमा सरकारको नीति तथा कार्यक्रम र  समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलेले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा सहयोग गरेपनि बेलुका ६ बजे बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको थियो। जसका कारण संसदले धन्यवाद प्रस्ताव समेत पारित गर्न पाएन।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्ने र त्यसका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सक्रियता देखाए पनि सहमति जुट्न सकेको छैन। बुधबार बिहान सोही विषयलाई लिएर सभामुख देवराज घिमिरे प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए।

छलफलमा सभामुख घिमिरेले प्रधानमन्त्री  प्रचण्डलाई संसदको अवरोध हटाउन आवश्यक पहल गर्न अपिल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.