काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी ठगी प्रकरण र गिरीबन्धु टी स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरूद्ध र्याली निकालेको छ। नेविसंघ त्रिचन्द्र इकाइले बुधबार सरकारविरुद्ध काठमाडौंमा खबरदारी र्याली निकालेको हो।
उनीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड लिएर प्रदर्शन गरेका छन्। उनीहरूले 'रवि दाइ खै जीबी दाइ,गृहमन्त्रीज्यू सहकारी ठगीको प्रमाण यहाँ छ,लाखौंले दु:ख गरी जम्मा गरेको पैसा झ्वाम्मै पार्ने र पाप त लाग्छ रवि दाइ,गृहमन्त्रीज्यू सहकारी ठग र गिरिबन्धु ठगलाई टुँडीखेलमा राखेर नाकको डाडी भाँचिनेगरी हान्नु है ' जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले नेकपा एमाले अध्यक्ष केपी ओलीविरूद्ध समेत नारा लगाएका छन्।