भरतपुरमा अन्तराष्ट्रिय पोल्ट्री एस्पो हुने

भरतपुरमा अन्तराष्ट्रिय पोल्ट्री एस्पो हुने
सुन्नुहोस्

काठमाडौं : चितवनको भरतपुरमा अन्तराष्ट्रिय पोल्ट्री एस्पो २०८१ आयोजना हुने भएको छ । चितवनको भरतपुरस्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने पोल्ट्री एस्पोको बारेमा छलफल कार्यक्रममा नेपाल पोल्ट्री व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले कोरानापछि सुस्ताएको पोल्ट्री व्यवसायलाई चलायमान बनाउने उद्देश्यले अन्तराष्ट्रिय पोल्ट्री एस्पोको आयोजना गर्न लागिएको बताए ।

उनले पोल्ट्री एस्पोले शिथिल अवस्थामा रहेको चितवनको व्यापार व्यवसायहरू प्रवर्द्धनमा सहयोग पुग्ने बताए । अध्यक्ष बिष्टले अन्तर्राष्ट्रिय पोल्ट्री एस्पो पोल्ट्री  व्यवसाय गर्न चाहनेहरूलाई पोल्ट्रीसम्बन्धी अत्याधुनिक उपकरणहरू आवश्यक औषधिलगायत सम्पूर्ण जानकारी लिन सक्ने बताए । 

उनले एस्पोमा पोल्ट्री पाठशालाको पनि आयोजना गरिने बताए । उनले पोल्ट्रीको व्यवसायीकरणमा चितवनको महत्वपूर्ण योगदान रहेको बताउँदै चितवनका पोल्ट्री व्यवसायीहरूले आफूले जानेको कुरा र प्रयोगमा ल्याएका उपकरणको बारेमा सबैलाई जानकारी गराउने गरेको बताए।

कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रधुनाथ भट्टले पोल्ट्री एस्पो दिन प्रतिदिन धराशायी बन्दै गएको पोल्ट्री व्यवसायलाई वृद्धि गर्न र चितवनको अर्थतन्त्रलाई चलाएमान बनाउन मद्दत पुग्ने बताए। अल इण्डिया पोल्ट्री इकोमेण्ट म्यानुफ्याक्चर एसोसियन र नेपाल पोल्ट्री महासंघको आयोजनामा हुने अन्तर्राष्ट्रिय पोल्ट्री एस्पो जेठ १८ गते देखि २० गतेसम्म सञ्चालन हुनेछ । एस्पोमा नेपाल र भारत लगायत विभिन्न देशका ८० वटा स्टल रहने छन् । एस्पोको करिब १० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.