संसदको गतिरोध हटाउन गठबन्धनका शीर्ष नेताबीच सिंहदरवारमा छलफल
काठमाडौं : संसदको गतिरोध अन्त्य गर्न सत्ता गठबन्धनका शीर्ष नेताबीच सिंहरदवारमा छलफल भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेताहरू सहभागी थिए।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा प्रमुख प्रतिपक्षी दलले उठाउँदै आएको संसदीय छानबिन समितिको माग र संसदको गतिरोध हटाउने विषयमा छलफल भएको थियो।
आजमात्रै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई भेटेर सहजरूपमा सदन सञ्चालनका लागि आग्रह गरेका थिए। उनले सरकारको नीति तथा कार्यक्रमपछि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्न नसकेको भन्दै सदन सञ्चालनको वातावरण मिलाउन आग्रह गरेका थिए।
कांग्रेसले सहकारीको रकम हिनामिना गरेको प्रकरणमा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति माग गर्दै आएको छ।