गृहमन्त्रीमाथि छानबिन गर्ने/नगर्ने विवाद

ओलीको चेतावनीपछि प्रधानमन्त्रीसँग गगन थापा र कृष्ण सिटौलाको सघन भेटवार्ता

ओलीको चेतावनीपछि प्रधानमन्त्रीसँग गगन थापा र कृष्ण सिटौलाको सघन भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाली कांग्रसका महामन्त्री गगनकुमार थापा र कांग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण सिटौलाबीच भेटवार्ता भएको छ। संसदीय छानबिन समिति र संसदको गतिरोध हटाउने विषयमा उनीहरूबीच सघन छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

प्रधानमन्त्री दाहाल निकट माओवादीका एक नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिपछि कांग्रेस नेताहरूले आज साँझ ६ बजेतिर प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।

थापा र सिटौलाले सहकारीको रकम हिनामिनामा संलग्न रहेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समिति नबनाएसम्म संसद बैठक चल्न नदिने अडान दोहोर्‍याएका थिए। महामन्त्री थापाले संसदीय समिति नबनाएसम्म कार्यसूचीमा प्रवेश गर्न नदिने र सत्तापक्षको धम्कीबाट कांग्रेस पछि नहट्ने सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए।

'सत्तापक्षले दबाबमा राखेर कांग्रेसलाई गलाउँछ भनेर सोचेको छ भने हामी दबाब झेल्न तयार छौं। तर, सहकारी पीडितलाई न्याय नगरेसम्म, संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस पछि हट्दैन। संसदमा कार्यसूची अगाडि बढ्दैन,' महामन्त्री थापाको भनाइ उद्धृत गर्दै एक कांग्रेस नेताले भने।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कांग्रेसले संसदमा दादागिरी देखाएको बताएका थिए। एमाले संसदीय दलको बैठकमा उनले रवि लामिछानेले बोल्न पाउनुपर्ने बताएका थिए। उनले कांग्रेसलाई चेतावनी दिँदै भनेका थिए, ‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्‍यो, होइन भने हामी बोल्छौं।' कांग्रेसले आरोप लगाइरहने, बकवास बोलिरहने प्रवृत्ति अब संसदमा नहुने उनको भनाइ थियो। उनले कांग्रेसले संसदीय मर्यादा नराखेको बताएका थिए। 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्न नपाएपछि सत्तपक्ष चिढिएको छ। आजमात्र सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई भेटेर सदन सञ्चालनमा सहयोग पुर्‍याउन आग्रह गरेका थिए। सभामुखको आग्रहपछि प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठक पनि बोलाएका थिए। बैठकमा एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछाने सहभागी थिए।

बैठकमा लामिछानेले कांग्रेसले आफूमाथि आरोप लगाएका बोल्न पाउनुपर्ने माग गरेका थिए। यस विषयमा सत्तापक्षले ठोस निर्णय गर्न नसकेको स्रोतको भनाइ छ। ओलीको अभिव्यक्ति र कांग्रेसको रणनीतिले भोलि संसदमा मुठभेडको स्थिति सिर्जना हुने आँकलन गर्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.