दीपेन्द्रसिंह ऐरी टीट्वेन्टी अन्तर्राष्ट्रिय वरीयतामा शीर्ष १० मा

दीपेन्द्रसिंह ऐरी टीट्वेन्टी अन्तर्राष्ट्रिय वरीयतामा शीर्ष १० मा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपालका दीपेन्द्रसिंह ऐरी टीट्वेन्टी अन्तर्राष्ट्रिय वरीयताअन्तर्गत अलराउन्डरतर्फ शीर्ष १० मा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र शीर्ष १० मा परेका हुन्।

दीपेन्द्रले एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका हुन्। अघिल्लो महिना उनी ११औं स्थानमा उक्लिएका थिए। एकै पटक १४औं स्थान सुधार गर्दै उनले ११औं स्थानमा आफूलाई अटाउन सफल भएका थिए। 

टीट्वेन्टी अलराउन्डरको शीर्ष स्थानमा बंगलदेशका सकिब अल हसन छन्। यस्तै दोस्रोमा श्रीलंकाका वाहिन्दु हसरंगा, तेस्रोमा अफगानिस्तानका मोहमद नाबी, चौथोमा जिम्बावेका सिकन्दर राजा, पाँचौंमा दक्षिण अफ्रिकाका अइडन मार्कम, छैटौंमा अस्ट्रेलियाका मार्कस स्टोइनिक्स, सातौंमा भारतका हार्दिक पान्ड्या, आठौंमा इङ्ल्यान्डका लियाम लिभिङस्टोन र नवौं स्थानमा 

इङ्ल्यान्डकै मोइन अली छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.