सभामुखलाई प्रधानमन्त्रीको टेलिफोन, कांग्रेससँग सहमतिको प्रयास भइरहेको छ, बैठक ढिलो गरौं

सभामुखलाई प्रधानमन्त्रीको टेलिफोन, कांग्रेससँग सहमतिको प्रयास भइरहेको छ, बैठक ढिलो गरौं

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सभामुख देवराज घिमिरेसँग टेलिफोनमा कुराकानी गरेका छन्। संसद बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले संसद बैठक केहीबेर ढिला गर्न सभामुख घिमिरेलाई आग्रह गरेका हुन्। 

प्रधानमन्त्रीले आजको संसद बैठकमा गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण भइरहेको समेत सभामुखलाई जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

सभामुखले संसदको अवरोध हटाउनेबारे कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतक र सचेकसँग छलफल गरेका छन्। छलफलमा कानुनमन्त्री पदम गिरी,उपसभाख इन्दिरा राना,कांग्रेस सचेतक सुशीला थिङ,एमाले प्रमुख सचेतक महेश बर्तौला,माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडानबाट कांग्रेस पछि नहटेपछि संसद बैठक अवरुद्ध हुँदै आएको छ।
 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.