करिब ८ करोड मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

करिब ८ करोड मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौं : प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी मिहलालाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी गराएको हो।

वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको पेटभित्र लागुऔषध रहेको शंका लागेपछि प्रहरीले  प्रहरी अस्पताल लगेर पेटबाट १ किलो २६० ग्राम कोकिन निकालेको थियो। 

यस्तै जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी  युगान्डाकै लिलयान सु्सनसाथबाट  १ किलो ३९४ ग्राम कोकिन बरामद भएको थियो। यसैगरी भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पाल जेठ २ गते पक्राउ परेकी थिइन्। उनको साथबाट ३९४ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनैजना अन्तर्राष्ट्रिय गिरोहमा आवद्ध रहेको प्रहरीले जनाएको छ। लागुऔषधको कारोबारमा संलग्न अन्य व्यक्तिको खोजि भइरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.