सामुदायिक वनबाट तस्करी गरिएको काठ बरामद
इलाम : माइजोगमाई गाउँपालिका-२ स्थिति कागे महादेव सामुदायिक वन हिउँदे खोल्सीमा बहुमूल्य र लोपोन्मुख चाँप जातको सातवटा टुना बरामद भएको छ।
विशेष सूचनाका आधारमा वन कार्यालय माईजोगमाईका कर्मचारी, वडा नम्बर २ का वडाध्यक्ष डम्बर बहादुर सुवेदी तथा वन समिति तथा स्थानीयको संयुक्त टोलीले उक्त चाँप जातका टुनाहरु बरामद गरेर समितिको जिम्मा लगाएको छ।
चोरी निकासीमा संलग्न व्यक्तिहरूको खोजी कार्यका लागि मुचुल्का तयार गरिएको वडाध्यक्ष सुवेदीले बताए।
प्रतिक्रिया दिनुहोस !
१