रवि लामिछानेले भने - एकपटक संसदमा बोल्न पाउनुपर्यो, मागेको त्यत्ति हो
काठमाडौं : उप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले प्रतिनिधि सभा बैठकमा एकपटक बोल्न पाउनुपर्ने बताएका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानबाट पछि नहटेपछि उनले यस्तो बताएका हुन्।
'एकपटक बोल्न पाउनु पर्यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल,'उनले फेसबुकमा लेखेका छन्।
संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले संसदमा अवरोध कायम राख्ने निर्णय गरेको छ। बिहीबार अपरान्ह पार्टीको संसदीय दलको बैठक बसेर संसदीय समिति गठन नभएको भन्दै संसदमा अवरोध कायम राख्ने निर्णय गरेको हो।