प्रतिनिधि सभाको बैठक सुरू (लाइभ)


काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरू भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा ६ घण्टा ढिलोगरी बैठक सुरू भएको हो। बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको र उनीमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान लिएपछि सहमति जुटाउन शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेपछि बैठक समयमै बस्न नसकेको हो।

बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। आजको बैठकमा राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने सम्भावित कार्यसूची छ।

यसैगरी शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन २०८०’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ र राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। २०८० चैत २ गते पनि यो विधेयक गृहमन्त्रीले पेश गर्ने कार्यसूची थियो, तर कांग्रेसले वेल घेराउ गरेपछि लामिछाने रोष्टम पुगेर पेश गर्न पाएका थिएनन्।

कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.