म्याद गुज्रेको अखाद्य सामग्री नयाँ बोरामा प्याक गर्दै बेच्दै

म्याद गुज्रेको अखाद्य सामग्री नयाँ बोरामा प्याक गर्दै बेच्दै
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको कमला सप्लायर्सले म्याद गुज्रेको अखाद्य सामग्री नयाँ बोरामा प्याक गरेर बेच्ने गरेको पाइएको छ। 

कमलामाई नगरपालिका-४ ढुंग्रेवासमा रहेको सप्लायर्सले ठूलो परिमाणमा अखाद्य सामग्री नयाँ बोरामा रि–प्याकिङ गरेर बिक्री वितरण गर्दै आएको पाइएको हो। 

गत सोमबार, मंगलबार र बुधबार जिल्ला अनुगमन समितिले गरेको अुनगमनका क्रममा म्याद सकिएको चामल, चिउरा, कोकाकोला, खाने तेल, भुजा ६ महिना म्याद भएको सोही ब्राण्डको नयाँ बोरा तथा कार्टुन आफैंले प्रिन्ट गरेर रि–प्याकिङ गर्दै बजारमा विक्री गर्ने गरेको पुष्टि भएको छ। 

अनुगमनका क्रममा सप्लायर्सको गोदाममा म्याद गुज्रेका २ सय ५० एमएलको पेय पदार्थ (क्लास कोला) १ हजार ७ सय ७६ बोटल समेत फेला पारिएको प्रमुख जिल्ला अधिकारी भरत खनालले जानकारी दिए।
 
‘कमला सप्लायर्सका सञ्चालक जयकुमार दासले गोदामबाट म्याद गुज्रेका चामल, चिउरा लगायतका अखाद्य वस्तुलाई ६ महिनासम्मको नयाँ म्याद भएको बोरा तथा लेबल बनाई रि–प्याकेजीङ गरि बिक्री गर्ने गरेका रहेछन्,’ खनालले थपे। 

सप्लासर्यको ढुंग्रेवास गोदाममा डकमै राखेर खुलमखुला चामल र चिउराको बोरा रि–प्याकिङ गरिरहेको आफैंले देखेपछि तत्काल संयुक्त बजार अनुगमन समिति बोलाएर अनुगमन गर्न लगाइएको प्रजिअ खनालको भनाइ छ। समितिले तीन दिन लगाएर दासको ५१ वटा गोदाममा एकै साथ अनुगमन गरेको थियो। 

अनुगमनका क्रममा म्याद सकिएको र घुन लागेको गोल्डेन फ्लेभर ब्राण्डका चामलमध्ये २० बोरा चामलको नयाँ बोरामा प्याकिङ गरिएको र थप ठूलो परिमाणमा रहेको म्याद गुज्रिएको चामल रि–प्याकिङ गर्ने तयारी गरिएको पाइएको छ। यस्तै २७ बोरा चिउरा रि–प्याकिङ गरिएको अवस्थामा भेटिएको छ। 

‘अनुगमनका क्रममा केही खाद्य सामग्रीको म्याद गुज्रिएको अवस्थामा भेटिएको केही म्याद सकिन एक महिना बाँकी रहदै अर्को नयाँ बोरामा ६ महिनाको म्याद लेखि रि–प्याकिङ गरेर उपभोक्तालाई झुक्याएर बिक्री गर्ने तयारी गरिएको पाइएको छ। यो गम्भीर अपराध हो,’ प्रजिअ खनालले भने। 

म्याद गुज्रीएका कोकाकोला तथा क्लास कोला लगायतका अखाद्य सामग्री लाई नियन्त्रणमा लिई नष्ट गरिएको छ।
यस्तै खनालका अनुसार सिन्धुलीको तिनपाटन गाउँपालिकाको चकमके बजारमा समेत अनुगमनका क्रममा कमला सप्लायर्सबाटै लगिएको भुजियाको लेवल र बजन समेत फरक भएको पाइएको छ।

त्यस्तै कमलामाई नगरपालिका ६ मा रहेको सुजित सप्लार्य र कनपा ७ मा रहेको दिनेश ट्रेड एण्ड सप्लायर्सबाट समेत अखाद्य सामग्री विक्री वितरण हुने गरेको पाइएको छ। ‘सुजित सप्लायर्सबाट समेत ४० बोरा म्याद सकिएको च्यूरा रि–प्याकिङ गरेर बजारमा विक्रीका लागि पठाउन तयार पारिएको पाइएको छ। दिनेश ट्रेड एण्ड सप्लायर्समा १ सय ७२ बोरा मकैको च्याङ्ख्ला उपभोग गर्न योग्य नभएको पाइएपछि फिर्ता पठाउन भनिएको छ,’ खनालले थपे। 

दासले कमला सप्लार्यका नाममा सिन्धुलीमा एक सय एक गोदाम सञ्चालन गर्दै आएको बताइन्छ। ति मध्ये ५१ वटा गोदामको अनुगमन गर्दा म्याद गुज्रिएका १ लाख ६७ हजार ८ सय ५० रुपैयाँ बराबरको अखाद्य सामग्री जफत गरि नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख तथा जिल्ला अनुगमन समितिका सदस्य सचिव ध्रुव प्रसाद ढकालले जानकारी दिए।

जिल्लाका यि सप्लायर्स मार्फत सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगा लगायतका जिल्लामा खाद्य सामग्री सप्लाई हुने गरेको छ। कमला सप्लायर्सको यस्तो बदमासी तेस्रो पटकको हो। यस अघि दोस्रो पटक कमला सप्लायर्सले घुन लागेको चामलको बोरा बिगारेर रि–प्याकिङ गर्ने र बेच्ने गरेको भन्ने गुनासो आएपछि जिल्ला स्तरीय बजार अनुगमन समितिले अनुगमन गरि सप्लायर्समा तालाबन्दी गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.