संसदमा कांग्रेसको नाराबाजी
काठमाडौं : संसद बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी सुरु गरेको छ। सहकारी पीडितलाई न्याय देउ भन्दै कांग्रेस सांसदहरूले नाराबाजी गरेका हुन्।
कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति बनाउ, सहकारी पीडितलाई न्याय दे भन्दै नाराबाजी गरेका हुन्। सभामुख देवराज घिमिरेले भने अवरोधका बीच संसद सञ्चालन गरिरहेका छन्। उनले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्रहरू पढिरहेका छन्।