कांग्रेसले भन्यो- सभामुखले पार्टी नेतृत्वको निर्देशन मान्नुभयो
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले पार्टीको निर्देशनमा असंसदीय व्यवहार देखाएको आरोप लगाएका छन्। प्रतिपक्षी दलले सदन अवरोध गरिरहेका बेला संसदको मर्यादा विपरीत सभा अगाडि बढाउने काम भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।
'सभामुख स्वयंले संसदको मर्यादा विपरीत सभा अगाडि बढाउने काम गर्नुभयो। यसअघि सुवासचन्द्र नेम्वाङजीले कहिल्यै त्यस्तो गर्नुभएन। प्रमुख प्रतिपक्ष दलले सदन अवरोध गरिरहेका बेला जबर्जस्ती सदन अगाडि बढाउन खोज्नु संसदीय संस्कार भएन। सभामुखले पार्टी नेतृत्वको निर्देशन मान्नुभयो,' उनले भने।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण नभएको स्पष्ट पारे। उनले कांग्रेसले त्यस्तो व्यवहार देखाउनै नसक्ने भन्दै आरोपको खण्डन गरे।