गृहमन्त्रीलाई गगनको चेतावनी- कुन कुन फाइल हो खोले हुन्छ
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेलाई पुराना फाइल खोल्न आग्रह गरेका छन्।
उनले मिडियामा के-के फाइल खोल्ने धम्की आएको भन्दै उनले गृहमन्त्री लामिछानेलाई इंगित गर्दै भने, 'कुन कुन फाइल हो खोले हुन्छ। हामीले पनि पुराना फाइल खोलेकै हो।'
उनले धम्की दिनुभन्दा पनि पुराना फाइल खोलेर आरोपलाई कानुनी कारबाही गर्न आग्रह गरे। उनले गिरिबन्धु टी स्टेटलगायत फाइलहरू खोल्न आग्रह गरेका थिए।