रास्वपाले भन्यो- अब संसदीय छानबिन समिति बन्दैन
काठमाडौं : राष्ट्रिय स्वन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले अब संसदीय छानबिन समिति बन्न नसक्ने बताएका छन्। उनले कांग्रेस नेताहरूको फाइल खोल्न तयार भएमात्रै समिति बन्ने बताए।
उनले सहमतिको धेरै प्रयास गरिए पनि अब नगर्ने बताए। 'छातीमा हात राखेर हामी सबै सांसदहरू भन्न सक्छौं कि हाम्रा सभापतिको सबै छानबिन गरोस्, उहाँको केही खोट निस्कियो भने हामी राजनीति छाड्न तयार छौं,' उनले प्रश्न गर्ने, कांग्रेसले त्यो हिम्मत राख्न सक्छ?'