शिक्षाको रूपान्तरण

शिक्षाको रूपान्तरण

कार्यगत योजना बनाई विद्यमान शैक्षिक प्रणालीलाई विश्वस्तरको बनाएनौं भने इतिहासको पानामा सीमित हुनेछौं।

परापूर्वकालदेखि आजको युगसम्म शिक्षाको अवस्था, व्यवस्था, एवं परिस्थिति अविछिन्न रूपले रूपान्तरण हुँदै जानु समाज, देश र अन्तर्राष्ट्रिय जगत्को आवश्यकता हुनुपर्छ। विश्वको कुनै कुनामा छिटो विकास भएको हुन सक्छ भने कुनैमा ढिलो। तर यथार्थमा मानव सभ्यतासँगै शिक्षाको ज्योतिको प्रकाश त्यही रफ्तारमा हँुदै गयो।

पाँचौं शताब्दीमा ग्रिसका प्लेटो तथा सुकरातलगायतले शिक्षाको महŒवलाई दर्शाउँदै त्यहाँका जनतालाई शिक्षित गर्दै जानेमा ठूलो योगदान गरेका थिए। औपचारिक विद्यालयको अवधारणा २०६१ सालमा खेतीको निर्देशनमा इजिप्टमा भएको पाइन्छ। भारतको शिक्षाको विकासलाई हेर्ने हो भने वैदिक, बौद्ध तथा संस्कृत भाषा तथा धर्मसँगै हुर्केको पाउन सकिन्छ। शिक्षालाई खासगरी तीन चरणमा लिने गरिन्छ। श्रवण, मनन् र निदिध्यासना। सुनेर शिक्षा प्राप्त गर्नु श्रवण, सोच्ने विचार गर्ने, विश्लेषण गर्ने गरी शिक्षा प्राप्त गर्नु मनन् गर्नु हो भने आफ्नो वास्तविक जीवनमा प्रयोग गर्दै जानु निदिध्यासना शिक्षा हो।

जति पनि विद्यालयको औपचारिक अवधारणाको कुरा गर्ने हो भने ईसापूर्व ५०० देखि १५०० सम्ममा युरोपदेखि सुरु भएको पाइन्छ। छैटौं शताब्दीतिर रोमन क्याथोलिक चर्च, मोनास्तिक स्कुल, क्याथेड्रल स्कुलजस्ता शिक्षाका अग्रणी संस्थाबाट अगाडि बढेको पाउन सकिन्छ। इटाली, फ्रान्स तथा इङ्ल्यान्डमा एघारौं र बाह्रांै शताब्दीतिर कला, कानुन, औषधि विज्ञान, धर्मशास्त्रसँग सम्बन्धित शिक्षाका रूपहरू प्रादुर्भाव भएको पाउन सकिन्छ। 

नेपालको कुरा गर्ने हो भने जंगबहादुर राणाको बेलायत भ्रमणपश्चात् आफ्ना परिवारजनमा शिक्षा दिनुपर्छ भन्ने हेतुले दरबारभित्र विदेशबाट शिक्षकहरू झिकाई अध्यापन गराएकोबाट सुरु भएको पाइन्छ। बिस्तारै आफन्त हँुदै जनताका छोराछोरीले पनि पढ्न पाउनेगरी दरबार हाइस्कुलको स्थापना भएको थियो। संयुक्त राष्ट्रसंघले सन् १९६६ मा एक बृहत् सम्मेलन गरी कुनै पनि व्यक्तिले शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गरिएको थियो। नेपालको संविधानको कुरा गर्ने हो भने एक आधारभूत अधिकारको रूपमा शिक्षा प्राप्त गर्ने भनी उल्लेख छ। राष्ट्रिय शिक्षा नीति २०७६ मा पनि सोहीअनुसार नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकलाई प्रत्याभूत गर्न प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने, अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने व्यवस्था गरिएको छ।

हाल आएर परापूर्वकालको वैदिक शिक्षादेखि धार्मिक सांस्कृतिक हुँदै सूचना प्रविधि तथा विज्ञानका हरेक अंगको शिक्षान्तर रूपान्तरित हँुदै आम भूगोलभन्दा पर विश्वलाई नै एउटा सानो गाउँको रूपमा लैजाने कार्य पनि शिक्षाको देन मान्नुपर्छ। जस्तोसुकै विकास भए पनि अन्तमा व्यक्तिको व्यक्तित्व विकास, चारित्रिक अभ्यास र सामाजिक अपनत्वलाई शिक्षाभन्दा अत्युक्ति नहोला। शिक्षाको अन्तरभावलाई बुझ्ने हो भने ज्ञानभावको अन्तरवस्तु बुझ्दै जानु र त्यसलाई खण्डखण्डमा मानव जातिको ब्रह्म माथि स्खलित गर्दै जानु नै भन्ने बुझिन आउँछ।

चराचुरुंगीदेखि जनावरसम्मकाले आफ्नो ज्ञान भावलाई आफ्नो अस्तित्व जोगाइराख्न पनि आफूभन्दा मुनिकालाई शिक्षित र दीक्षित गर्दै लगेको पाइन्छ। त्यसमाथि हामी मानव जाति त्यसै पनि सर्वश्रेष्ठ चेतनशील प्राणी झनै अन्तरकुन्तरका ज्ञानहरूलाई सर्वज्ञान नबनाई रहन नसक्ने हुन्छ। जसलाई शिक्षा भन्छौं। जीवन जिउन अपनाइने कला, भाषा, माध्यम जेसुकै होस्, त्यसको ज्ञान प्राप्त गर्नु गराउनु नै शिक्षाको मूल मर्म हुन आउँछ। युगीन कालखण्डमा त्यसलाई वस्तुगत ढंगले लिइने गरिन्थ्यो भने बहुआयामिक कालखण्डसम्म आउँदा अनगिन्ती अन्तरनिहित गर्भमा रहेका प्रकृतिले लुकाइराखेका धेरै विषयवस्तुलाई मानव जातिले नै खोज, अनुसन्धान, उत्खनन, अध्ययनले आजको सहज जीवनशैली या जीवनयापन गर्न हामीलाई मद्दत गरेको कुरामा कसैको दुई मत हुनै सक्दैन। हवाईजहाजको आविष्कार नभएको भए आजको संसार कल्पना बाहिरको हुन्थ्यो। टेलिफोनको विकास नभएको भए आजको आईटी विश्व कल्पना बाहिरको हुन्थ्यो।

परिवर्तनको संवाहक, समाजको रूपान्तरण, ज्ञानको भण्डारण, असीम प्राकृतिक अन्वेषणको शृंखला स्थिर नभई गतिशील हुनुमा प्रत्येक पुस्तान्तरण जिम्मेवार हुन्छ। जसमा शिक्षा नै प्रमुख कारक हुन आउँछ। पुरातन शिक्षाको शिक्षण सिकाइ प्रणालीलाई नवीनतम शिक्षाको शिक्षण प्रणालीले बिस्तारैबिस्तारै ओझेलमा ल्याइराखेको पाइन्छ। कुनै निश्चित चौघेराभित्र विद्यार्थीलाई नराखी अन्तर्राष्ट्रिय ब्याकेलोरियत डिग्री दिनेमा प्रवेश गर्दैछौं। सन् १९६८ मा गैरनाफामूलक शैक्षिक फाउन्डेसनको स्थापना भई अन्तर्राष्ट्रिय स्तरको शिक्षा जसले बौद्धिक, व्यक्तिगत, भावनात्मक र सामाजिक जीवनशैली अध्ययन र बदलिँदो विश्वबजारमा काम गर्न सक्ने विद्यार्थी निर्माण गर्ने उक्त मान्यता प्राप्त विद्यालयहरू स्थापना गर्दै जाने लक्ष्य लिइएको छ। जुन आजको शैक्षिक क्रान्ति हो।

यति भन्दै गर्दा मेडिकल, इन्जिनियरिङ, आयुर्वेदजस्ता विज्ञानका बलिया खम्बाहरूलाई नवीनतम शिक्षा प्रणालीले त्यति साथ दिएको पाइँदैन। यद्यपि नवीनतम खोजमूलक शिक्षा प्रणालीलाई विज्ञानका यी खम्बाले सधैं पछ्याइरहनेछ। विश्व महामारी कोभिड—१९ को भ्याक्सिनको व्यापक अनुसन्धानात्मक अध्ययन नभएको भए यति छिट्टै विश्वले शान्ति पाउने थिएन। यसलाई शिक्षा र ज्ञानको अभूतपूर्व उपलब्धि मान्नुपर्छ।

जुन कालखण्डमा जसरी शिक्षालाई चलाई आएता पनि एउटा अनुकरणीय विषय के रहेको देखिन्छ भने यसले अग्रमनको दिशा अँगालेकै हुन्छ। रूपान्तरण कसैले चाहेर पनि नरोकिने गतिशील हुँदो रहेछ। मानव जाति यस गतिशीलताको संवाहक मात्र हुँदोरहेछ। समयसँगै जिउन सिक्नु सिकाउनु कुनै स्थान विशेष, भाषा र क्षेत्र विशेषभन्दा माथि उठेर विश्वबजारमा त्यसलाई समायोजन गर्दै जानु शिक्षाको आजको आवश्यकता हो।

नेपालको आजको शैक्षिक रूपान्तरणलाई हेर्ने हो भने प्राचीन शैक्षिक प्रणाली नै देखिएको भए पनि विश्वबजारको आवश्यकतालाई ध्यान दिने हो भने आधुनिक तथा वैज्ञानिक शैक्षिक प्रणालीमा जानुको विकल्प नै छैन। तर यथार्थ के हो भने नेपाल सरकारको शिक्षाप्रति हेर्ने दृष्टिकोण, पाठ्यपुस्तकदेखि पाठ्यक्रम विकाससम्म सैद्धान्तिकभन्दा जीवन उपयोगी विश्वबजारमा खपत हुने खालको छैन।

पाठ्यक्रम विकास, पाठ्यपुस्तक लेखन, कक्षाकोठामा दिइने शिक्षण सिकाइमा अन्तर्राष्ट्रिय आवश्यकताको अनुभूत हुने खालको बनाइनुपर्ने चौतर्फी दबाब छ। यदि त्यसो नगर्ने हो भने शैक्षिक पलायनलाई रोक्न सरकार चुक्नेछ। जसको मूल्य भावी सन्ततिले चुकाउनु पर्नेछ। यदि ती पुस्तालाई सहज बनाइदिने हो भने बदलिँदो समयमा आफूलाई परिवर्तन गर्नुबाहेक अरू उपाय नहुन सक्छ। एकै चोटी ठूलो परिवर्तन हुन गाह्रो हुन्छ। त्यसैले कार्यगत योजना बनाई विद्यमान शैक्षिक प्रणालीलाई विश्वस्तरको बनाएनौं भने हामी इतिहासको पानामा मात्र सीमित हुनेमा दुई मत नहोला।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.