गोरुसिंगे–सन्धिखर्क सडक निर्माण तीव्र गतिमा

गोरुसिंगे–सन्धिखर्क सडक निर्माण तीव्र गतिमा
सुन्नुहोस्

अर्घाखाँची : सुपा देउराली मन्दिर आउने धार्मिक पर्यटकलाई लक्षित गरि नयाँ प्रविधिबाट सडक विस्तारको कार्य भइरहेको छ। कडा चट्टान भएपछि यसको नयाँ प्रविधि प्रयोग गरेर ड्रिल गरेर बाटो विस्तारको कार्य भइरहेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताए। यस स्थानमा सडकलाई झण्डै ९ मिटरको बनाउने गरी काम भएको छ। 

जिल्ला सदरमुकाम जोड्ने जिल्लाको पुरानो र महत्वपूर्ण गोरुसिङे सन्धिखर्क सडकको लाउरे बजारदेखि सुपा मन्दिरसम्म करिब २ सय मिटर कडा चट्टान र भिरालोका कारण साघुरो भइ यातायात आवागमनमा निकै कठिनाइ बेहोर्नु परेको छ। सडक डिभिजन शिवपुर, कपिलवस्तुबाट यसै आवमा सम्पन्न गर्ने लक्ष्यका साथ रक एन्चोर्ज सहित वाल निर्माणको काम भइरहेको छ। अर्घाखाँचीमा यो कार्य नौलो र चुनौतीपूर्ण रहेको छ। 

पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिँगे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्र गतिमा अघि बढेको छ। साघुँरो सडक, खाल्टा खुल्टीका कारण र पुरानो पिच भएका कारण जीर्ण बनेको गोरुसिँगे सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गर्ने गरी काम अगाडि बढेको हो। 

गोरुसिँगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर छ। गोरुसिँगेबाट पिरापानीसम्म झण्डै १५ किलोमिटर सडक विस्तार तथा मर्मतको कार्य सम्पन्न भएको छ । बाँकी रहेको सडकमा ५ वटा निर्माण कम्पनीले मर्मत तथा सडक विस्तार र निर्माणको कार्य गरिरहेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताए। यस आर्थिक वर्षको अन्त्यसम्ममा झण्डै १७ किलोमिटर सडकमा नयाँ पिच हुने भएको छ। सडक निर्माण तथा विस्तारको काम समयमै सम्पन्न गर्नका लागि सडकलाई खण्ड, खण्ड गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको छ। 

नरपानीदेखि घुम्तीसम्मको सडकमा झन्डै ५ किलोमिटरमा नाली निर्माण तथा कालोपत्रेको काम सिद्धार्थ सुदर्शन विल्डर्सले गरिरहेको छ। घुम्तीदेखि फुद्बांग सडकमा अम्मर लेकाली जेभीले काम गरेको छ। जस अनुसार पनि झन्डै ५ किमी बाटो सम्पन्न हुने इन्जिनियर पाण्डेको भनाइ छ। 

फुद्बांग सन्धिखर्क सडकमा इन्द्र निर्माण कम्पनिले सडक विस्तार तथा मर्मतको काम गरेको छ। यसले झन्डै ४ किमी सडकमा नाली तथा पिचको काम सम्पन्न गर्नेछ। हिलेखोलादेखि पत्थरकोटसम्म खनाल निर्माण सेवाले कालोपत्रे तथा नालीको काम सम्पन्न गरेको छ। पिरापानीदेखि नरपानीसम्म श्रीकृष्ण कमल निर्माण सेवाले स्टकचर, सेलेभ निर्माण तथा पिचको काम गरिरहेको छ। 

७ मिटर सडक निर्माण गरी दुईतर्फी सवारीसाधनहरू बिनारोकतोक सञ्चालन हुने गरी सडक निर्माण कार्य भइरहेको छ। यस वर्ष झन्डै ३३ करोडको सडक निर्माण कार्यको काम भइरहेको छ। तर, निर्माण व्यवसायीले घटिघटाउमा योभन्दा कम लागतमा सडक निर्माणको सम्झौता गरी सडक निर्माण कार्य भइरहेको छ।

गोरुसिङे– सन्धिखर्क सडकअन्तर्गत नरपानी फुद्बाङ खण्डको करिब ९ किमि सडक सहित जिल्लाका अन्य सडकहरू कालोपत्रे गर्नका लागि अर्घाखाँचीमा पहिलोपटक स्थाइ रूपमा अस्फाल्ट प्लान्ट स्टल गर्ने कार्यको सुरुवात गरिएको छ। यसले ठूलो परिमाणमा सडक कालोपत्रे गर्न सहज हुने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.