हजका लागि १५० नेपाली साउदीमा, यसपालि ७६५ जना जाने

हजका लागि १५० नेपाली साउदीमा, यसपालि ७६५ जना जाने
सुन्नुहोस्

साउदी : मुस्लिम धर्मावलम्बीको  आस्था र भरोसाको रूपमा  चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षैपिच्छे हजका  लागि हजयात्रीहरू आउने गर्छन्। नेपालबाट पनि सन् २०२४ को हजका लागि जेठ ३ गतेका  दिन १५० जना नेपाली यात्रु साउदी अरेबिया पुगेका छन्। 

सन  २०२४ को लागि १२ सय कोटा तोकिएकोमा ६ उडान मार्फ़त जम्मा ७ सय ६५ जना हजयात्रु मक्का मदिनाको लागि  आउने भएका छन्।

पहिलो समूहका हजयात्रीहरूलाई स्वागत र सहजीकरण गर्नका लागि नेपाली राजदुत नवराज सुबेदी, वाणिज्य दुत शत्रुघ्वन  पोखरेल, दुतावास परिवार , सामाजिक व्यक्तित्व राजु शहिद लगायत  विभिन्न निकायका प्रतिनिधिहरूले स्वागत गरेका थिए।  

हजका लागि साउदीमा नेपाल लगाएत विभिन्न मुलुकबाट  २५ लाखभन्दा बढी  मुस्लिम धर्मावलम्बीहरू साउदी स्थित मक्का मदिना आउने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.